• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति लुम्बिनी स्थानीय चुनाव २०७९

    थवाङमा माओवादी विरुद्ध विप्लव, एमाले र कांग्रेससंग गठबन्धन

    1.2K
    SHARES


    रोल्पा। देशभर स्थानिय तहको चुनाव लागिरहेका बेला रोल्पाको बहुचर्चित थबाङ गाउँपालिकामा त्रिपक्षीय गठबन्धन बनेको छ । यसअघिको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले चुनाव जितेको उक्त गाउँपालिकामा यो पटक भने माओवादीका बिरुद्ध विप्लव नेकपा, नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको छ ।

    अघिल्लो पटक निकै मारामारकाबीच माओवादीले जितेको थबाङमा यसपाली पनि निकै ठुलो प्रतिष्पर्धा हुने देखिएको छ। यसपाली माओवादी केन्द्र बाहेकको गठबनधन बनेका कारणले पनि निकै प्रतिष्पर्धा हुने देखिएको हो ।

    कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्र सहित पाँचजनाले उमेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो । कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले आफूले थबाङमा स्वतन्त्र उमेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निणर्य गरेको जानकारी दिए ।

    कांग्रेसबाट थबाङमा रमेश रोकाले उमेदवारी दिएका थिए । एमालेबाट उमेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् । विप्लव नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उमेदवारी परेको थियो ।

    अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले दर्जित घर्तीलाई आफ्नो पार्टीको समर्थन रहेको र उनकै नाममा सबैको सहमति बनेको बताए । वि.सं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

    यसपटक माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उमेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् । संसदीय व्यवस्थालाई नमान्ने र चुनावमा नजाने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग नलिए पनि विप्लव-प्रकाण्ड समूहका केही व्यक्तिहरुलाई भने उम्मेदवार उठाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ