• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अछामको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते

    308
    SHARES


    अछाम । जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ । पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गएराति परेको चट्याङबाट कम्मानी कामीको १२ बर्षीय छोरा सुरत कामीको ज्यान गएको छ ।

    स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र बर्षसँगै परेको चट्याङबाट ६० बर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीय मना कामी, भाइबुहारी जयसरा कामी, ७० बर्षी बृकिसे रावल घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।

    चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ ।
    अहिले पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन् ।

    घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको भने विपत्त व्यवस्थापनको टोली कमलबजारबाट हिडेको छ । उक्त क्षेत्रमा प्रत्येक बर्ष चट्याङ परेर जनधनीको क्षति हुँदै आएको छ ।

    प्रत्येक बर्ष दुई तीन पटक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रको विज्ञ टोलीले अध्ययनको लागि माग गर्दै आएका छन् । स्थानीय अगुवाहरुले पनि बस्ती उठाउन सरकारसँग माग गर्दै आएका छन् । तर अहिलेसम्म कुनै सुनुवाई हुन सकेको भन्दै मकर रावलले सरकार ग

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ