काठमाडौं। नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुभकामना सन्देश दिएका छन्। उनले जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै अमेरिका–नेपाल सम्बन्धको जग हो भनेका छन्।
उनले जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि नेपाल र अमेरिका थप नजिक हुनुपर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,‘जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु पुस्ताको अमेरिका नेपाल सम्बन्धको जग हो।
आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ।
त्यस्तै, क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ। क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताउनुभएको जनाइएको छ।
क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताउनुभएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन्। जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भन्नुभएको थियो– हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौँ,
मलाई लाग्छ अब युक्रेनमा अवस्था समान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान्। क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो। त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका अधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्याण्ड पठाएको थियो।
अहिले राजधानी किभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ। त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन्।
प्रतिक्रिया