• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो गठबन्धनको बैठक, बागी उम्मेदवारहरुलाई कारवाही गर्नेबारे के भयो निर्णय ?

    553
    SHARES


    काठमाडौँ । पाँचदलीय सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

    आज बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।

    साथै गठबन्धनले बागी उम्मेदवारी तत्काल फिर्ता लिन र गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल खारेज गर्न पार्टीका तल्ला कमिटीहरूलाई तीन बुँदे निर्देशन दिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनमा आबद्ध पाँच दलहरूको बैठकले तीनबुँदे समझदारी गरेको हो । तीनबुँदे समझदारीमा दलको तर्फबाट महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख पदमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पार्टी नेताहरूलाई पनि उम्मेदवारी फिर्ता लिन लगाउन पहल गर्ने समझदारी बनेको छ । पाँच दलीय गठबन्धन बाहिरका दलसँग कुनै तहमा तालमेल भएको अवस्थामा त्यसलाई खारेज गर्न निर्देशन सम्बन्धित दलले दिने निर्णय पनि भएको छ ।

    पत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

    शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । त्यसैले सत्तारुढ गठबन्धनले उक्त निर्णय गरेको हो । निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ ।

    यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको छ ।

    ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    उक्त विज्ञप्तिमार्फत् वैशाख १६ गते शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।

    देशका विभिन्न पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेपछि पार्टीले शुक्रबार यस्तो निर्देशन दिएको हो । कांग्रेसले यसअघि डडेलधुरामा आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने कर्ण बहादुर मल्ललाई कारबाही गरिसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ