• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय फोटो-फिचर समाचार

    जब कोलम्बियाको राजधानीका सडकमा फिँजको बादल लाग्यो, फोटो फिचर

    1.5K
    SHARES


    काठमाडौँ । दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटाका बासिन्दाले अहिले एउटा अनौठो समस्या सामना गरिरहेका छन्।

    समाचार संस्था रोयटर्सका अनुसार बालसिलास नदीमा उत्पन्न भएको फिँज उडेर सहरका सडक र घरमा आइपुगेको छ। पानी प्रदुषणका कारण बनेको फिँजको गन्ध निकै कडा छ।

    स्वास्थ्यलाई खतरापूर्ण भएकाले मानिसहरू फिँज नछोइकन हटाउन प्रयास गरिरहेका छन्। नदीबाट यति धेरै फिँज उडेर आएको छ कि एउटा सडक नै ब्लक भएको छ।

    बालसिलास नदीमा त्यहाँका बासिन्दाले फोहोरसँगै रसायन र डिटरजेन्टहरू फालेको र अहिले पानी परेपछि धेरै नै फिँज बनेको वातावरण अधिकारीहरूले बताएका छन्।

    बोगोटाका मेयर जियान गेरोमेताले नदीमा उम्रिएका बिरूवाका कारण पानी बग्न बन्द भएकाले पनि अहिलेको समस्या देखिएको बताएका छन्। हेर्नुस् रोयटर्सबाट लिइएका तस्बिरहरू:

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ