• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार स्थानीय चुनाव २०७९

    टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षले गरे यस्तो घोषणा

    289
    SHARES


    सङ्खुवासभा । सङ्खुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

    बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएकाे भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

    २०७६ सालको उपचुनावमा नेकपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विघटनभएसँगै नेकपा एमालेमा लागेका थिए। नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको उनले बताएका छन्।

    उनले आउँदाे वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेकाे तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए। पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी नै परित्यागकाे घोषणा गरेका हुन्। पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ