• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति विशेष स्थानीय चुनाव २०७९

    भरतपुर महानगरपलिका मेयरका उम्मेदवार सुवेदीले लिए उम्मेदवारी फिर्ता

    2.4K
    SHARES


    काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेकपाका नेता  दुर्गाप्रसाद शर्मा सुवेदीले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको केन्द्रीय समितिको निर्णय र जिल्ला पार्टीको निर्णय तथा निर्देशन स्वीकार गर्दै नेकपा चितवन जिल्ला पार्टी सचिवालय सदस्य तथा पूर्वजिल्ला सचिव समेत रहेका सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

    सुवेदीले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको सचिवालयको बैठकको निर्णयअनुसार यस जिल्लामा स्थानीय चुनावमा उम्मेदवारी दिएका पार्टीको जिम्मेवारीमा रहेका कमरेडहरूलाई केन्द्रीय समितिको १२ औँ बैठकले गरेको पार्टी चुनावमा नजाने निर्णयलाई अक्षरशः पालना गर्नका लागि उम्मेदवारी फिर्ता लिइएको जनाइएको छ ।

    उनले भनेका छन्- ‘उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशनबमोजिम म जिल्ला पार्टी सचिवालय सदस्य तथा पूर्वजिल्ला सचिव दुर्गाप्रसाद शर्मा (सुवेदी) ले भरतपुर महानगरपालिकाको मेयरका लागि दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी यही प्रेस विज्ञप्तिमार्फत गराउन चाहन्छु ।’

    उनले बिज्ञप्तिमा भनेका छन् ‘यो निर्णयले पार्टी केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयनमा भएको अन्योल, पार्टीमा देखिएको असामञ्जस्य स्थितिको अन्त्य गर्नुका साथै पार्टीलाई एकताबद्ध गर्न सहयोग पुग्नेछ भन्ने पनि विश्वास लिएको छु । यस्तो अवस्थामा जनयुद्धको विरासतको प्रतिनिधित्व गर्ने, देशभक्त शक्तिप्रति मेरो सहयोग र समर्थन रहनेछ ।’

    यस्तै आजै नेकपा चितवनको बैठकले वैशाख १४ गते पार्टी महासचिवद्वारा प्रेषित विज्ञप्तिमा सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पदमुक्त गरिएको भनी उल्लेख गरिएकोप्रति जिल्ला पार्टी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन जिल्ला पार्टीको सचिवालयको बैठकले पार्टी महासचिव विप्लवलाई उक्त विज्ञप्ति फिर्ता गरी पार्टीमा देखिएका समस्या समाधान गर्न केन्द्रीय समिति बैठकको जोडदार माग पनि गरेको छ ।

    बैठकले पार्टी एकता बनाइराख्न र पार्टी निर्णय पूर्ण रूपमा पालना गर्न पनि माग गरेको छ । बैठकले निर्वाचनमा भाग लिएका पार्टीका सम्पूर्ण उम्मेदवारलाई नाम फिर्ता लिन माग गर्दै एमसीसीविरुद्धको कार्यक्रम, महँगी, भ्रष्टाचारलगायत कार्यक्रम सँगसँगै लैजाने निर्णय पनि गरेको छ ।

    विशेष समितिका सेक्रेटरी महेशको अध्यक्षतामा बसेको बैठकमा विशेष समिति सदस्य भीमबहादुर खड्का ‘ध्रुव’, सचिवालय सदस्य दुर्गा सुवेदी, हुकुम खड्का, राजकुमार, प्रेम चौधरी, अञ्जना तामाङ, शिशम, रुद्र गुरुङ, धर्म विश्वकर्मा, कृष्ण बराल, रघुवीर शर्मा, अशोक लामा, रमा गुरुङ, बुद्धि चौधरी, रणदीप, भरत न्यौपाने र मीनप्रसादको उपस्थिति रहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ