• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    काठमाडौं जहाज दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि मृत्यु

    14.1K
    SHARES

    काठमाडौं, ९ चैत ।

    काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

    उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको २ पटकसम्म शल्यक्रिया सम्पन्न भएको चिकित्सकलाई उधृत गर्दै द डेली स्टारले जनाएको छ।

    शल्यक्रियापछि उनी कोमामा थिइन भने उनको दिमागको देब्रे हिस्सामा धेरै ओटा रगतको थेग्ला जमेको अस्पताल स्राेतले जनाएकाे थियाे। तर शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

    मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ । पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।

    मन्त्रिपरिषद्को बैठकले भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । फागुन २८ गते बेलुका बसेकाे मन्त्रिपिरषद्काे बैठकले गठन गरेकाे छानविन समितिमा प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनहरू केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र बुद्धिसागर लामिछाने छन् ।

    बैठकले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ ।

    जहाज दुर्घटनाबारे युएस बंगलाको प्रतिक्रिया

    गत फागुन भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ ।

    बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन् ।

    कन्ट्रोल रुमको गलत निर्देशनका कारण जहाज दुर्घटनाग्रस्त भएको भन्दै उनले भने – ‘हाम्रो जहाजमा कुनै प्राविधिक खराबी थिएन । तर काठमाडौं टावरले गलत सिग्नल दिएपछि दुर्घटना भएको हो, चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा पाएनन्, जसका कारण अकल्पनीय दुर्घटना भयो ।’

    एयरलाइन्सका अनुसार, दुर्घटनाग्रस्त बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाज क्याप्टेन अबिद सुल्तानले उडाएका थिए । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्छन् ।

    कोपाइलट पृथुला रसिद भने पहिलोपटक उडान गरेर नेपाल आउँदै थिइन्। तर, उनले काठमाडौँ टेक्न नपाउँदै भयानक दुर्घटना भयो । उनीहरु दुबै जनाको दुर्घटनामा ज्यान गएको छ ।

    यसैबीच दुर्घट्नामा परी मर्नेको संख्या ५२ पुगेको छ । गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

    सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप तीन जनाको मृत्यु भएपछि मर्नेको संख्या ५२ पुगेको हो। हालै न्यूरो अस्पताल बाँसबारीमा उपचाररत दिनेश हुमागाइँको मृत्यु भएसँगै मर्नेको संख्या ५२ पुगेको प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।

    युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना सम्बधित यी समाचारहरु पढ्न छुटाउनुभयो की ? 

    जहाज दुर्घटनाबारे युएस बंगलाले मुख खोल्यो, काठमाडौँ एयरपोर्टलाई लगायो यस्तो आरोप

    कसरी भयो अन्तराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना ? विमानस्थल प्रमुखले गरे यस्तो खुलासा !

    जहाज दुर्घटनाअघि पाइलटलाई कन्ट्रोल रुमले दिएको थियो यस्तो चेतावनी (सुन्नुहोस् अडियोसहित)

    यी हुन् जहाज दुर्घटनामा परेर पनि बाच्न सफल भाग्यमानीहरु ! (नामसहित)

    दुर्घटनाग्रस्त बिमानमा ७१ जना यात्रु रहेको खुलासा, घाइते १४ को उद्दार, अन्यको अवस्था के छ ?(भिडियोसहित)

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना, के छ क्षतिको बिबरण ?

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ