• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भरतपुरका बागी उम्मेदवारलाई भेटेपछि राज्यमन्त्री श्रेष्ठले दिए यस्तो प्रतिक्रिया

    1.9K
    SHARES


    काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।

    भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ताबारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए ।

    ‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’

    राज्यमन्त्री श्रेष्ठले आफू चितवनबाटै पार्टी केन्द्रीय सदस्य भएकोले पार्टीमा समस्या परेकोबेला समाधान गर्न जिल्ला आएको बताए । अझै ४ दिनसम्म चितवनमै रहने उनले बताए । राज्यमन्त्री श्रेष्ठले भेटेपछि पौडेललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण पनि उनको निवास जाँदैछन् ।

    भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेका छन्। पौडेलको उम्मेदवारीले नेकपा माओवादी केन्द्र सबैभन्दा बढी आत्तिएको छ। उसले जसरी पनि पौडेललाई फिर्ता गराउन कांग्रेसलाई दवाव दिइरहेको छ।

    बुधबार पाँच दलका शीर्ष नेताहरुले गठबन्धन भित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक काम गर्ने सहमतीमा हस्ताक्षर गरेका थिए।

    सहमतिलगत्तै कांग्रेसका नेता बालकृष्ण खाण भरतपुर विमानस्थलमा ओर्लिए। पार्टी सभापतिका दूत बनेर ‘आवश्यक काम’ गर्न भरतपुर आएका खाणले बुधबार अपरान्हबाटै पौडेललाई फिर्ता गराउने कसरत थाले।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क भरतपुर आएर करिब ५ घण्टा बसेर फर्किएका थिए। उनको उद्देश्य भरतपुरको मेयरको उम्मेदवार छोरी रेनु दाहालको विरुद्धमा उठ्ने बागीलाई फकाउनु थियो।

    यसका लागि प्रचण्डले चितवन कांग्रेस सभापति, पदाधिकारीहरुलाई गोप्यरुपमा भेटेका थिए। प्रचण्डको सन्देश बोकेर जिल्ला सभापति राजेश्वर खनाल, उपसभापति राजिव न्यौपाने, सचिव सूर्य अर्याल लगायतको टोली जगन्नाथ पौडेललाई भेट्न गएको थियो।

    तर पौडेललाई उम्मेदवारी फिर्ता लिन घोषणा गर्दा भन्दा बढी सकस छ। जिल्ला पार्टी कार्यालयमा कांग्रेसका सयौं असन्तुष्ट कार्यकर्ताहरुको भेलामा पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए। ती कार्यकर्ता हातमा कांग्रेसको झण्डा र चुनाव चिन्ह रुख अंकित झण्डा बाकेर पौडेलको उम्मेदवारी दर्ता गर्न मूख्य निर्वाचन कार्यालय पुगेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ