• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    चितवनमा एमालेका एक उम्मेदवार निर्विरोध, को हुन् उनि ?

    1.1K
    SHARES


    काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो ।

    स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् ।

    निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् ।

    त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार छन् ।

    नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुने भएपछि निर्वाचनमा हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

    त्यस्तै गुल्मीका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री (कर्णध्वज जिसी ) ले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

    उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।

    जिसीले भने, ‘मलाई पार्टीले मुसिकोट नगरपालिकाको उपमेयरमा उठ्नु प-यो भनेर भनेको थियो । मैले भने युवाहरुलाई ठाउँ दिनुपर्छ भनेर श्रीराम महतलाई उठाइयो ।

    त्यसपछि मलाई फेरि पार्टीले जिल्ला समन्वय समिति जानका लागि वडा सदस्यमा उठ्न भन्यो । त्यसपछि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको हुँ । ’

    मुसिकोट नगरपालिकाको उपमेयरको उमेदवार भएका महतले जिसीलाई वडा सदस्यमा जिताइ जिल्ला समन्वय समितिमा लगिने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ