• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान, सार्वजनिक रुपमै के-के भने ?

    469
    SHARES


    काठमाडौँ । नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् ।

    कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् ।

    राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले आफू खेलाडीको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

    ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने,‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

    राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी विवादकै कारण अनुपस्थित भएका थिए । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित भएका हुन् ।

    होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ