• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट

    172
    SHARES


    काठमाडौं। युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन्। बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो। रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन्।

    यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ। त्यसैगरी युक्रेनसँग सीमा जोडिएको भोरोनेज क्षेत्रको राजधानी शहरमा पनि दुई विष्फोट भएको रुसको तास समाचार संस्थाले जनाएको छ।

    अर्कोतर्फ युक्रेनसँग सीमा जोडिने रुसको बेल्गोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले स्टाराया नेलिदोभ्का गाउँमा रहेको गोलीगठ्ठा भण्डारणमा आगलागी भएको जनाएका छन्। यद्यपि यस घटनामा कुनै मानवीय क्षति नभएको र आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको उनले बताए।

    यसअघि रुसले बेल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाएको थियो। यसबाहेक पछिल्ला केही दिनयता युक्रेनसँग सीमा जोडिएका रुसका पश्चिमी क्षेत्रमा रहेका पूर्वाधारहरूमा आगलागी, विष्फोटजस्ता घटना सार्वजनिक हुने गरेका छन्। यद्यपि यस्ता घटनाबारे युक्रेनले हालसम्म कुनै टिप्पणी नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ