• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति स्थानीय चुनाव २०७९

    वागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी, को-को पर्न सक्छन् निशानामा ?

    628
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ। ‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरुलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    उम्मेदवारी फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताएका छन् । यसअघि माओवादीको भोजपुर जिल्ला समितिले पार्टीको नीति विपरीत नेकपा एमालेसँग तालमेल गरेको भन्दै नेताहरुलाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

    उता भरतपुर महानगरपालिका, चितवनमा यसपटक पनि स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ । निर्वाचनको औपचारिक माहौल सोमबारबाट सुरु भएसँगै मेयर पदमा प्रमुख दुई उम्मेदवार विजय सुवेदी र रेनु दाहालबीचको प्रतिस्पर्धा रोचक र जटिल हुने विश्लेषण हुन थालेको छ ।

    अघिल्लो पटकको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका देवी ज्ञवाली र कांग्रेस-माओवादी केन्द्र गठवन्धनबाट उम्मेदवार रहेकी रेनु दाहालका बीचमा भएको प्रतिस्पर्धाले साराको ध्यान खिचेको थियो । उक्त निर्वाचनमा एमाले उम्मेदवार ज्ञवाली, दाहालसँग २०३ मतको झिनो अन्तरले पराजित भएका थिए ।

    यसपटक एमालेबाट देवीको सट्टामा विजय सुवेदी मैदानमा छन् भने रेनु दोस्रोपटक मेयर बन्न चाहेकी रेनुलाई नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनको साथ छ । सुवेदी बागमती प्रदेशको सांसद पदबाट राजीनामा दिएर भरतपुरको मेयर लड्न आएका हुन् भने रेनुले पनि मेयर पदबाट राजीनामा दिएकी छन् । सुवेदी र दाहाल दुबैले सोमबार दिउँसो मेयर पदमा उम्मेदवारी दर्ता गराए ।

    दिउँसो करीव २ बजे एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विजयले उम्मेदवारी दर्ता गराए । उनको प्रस्तावक उनै देवी ज्ञवाली भए भने सर्मथक चितवन क्षेत्र नं. २ का सांसद समेत रहेका कृष्णभक्त पोखरेल थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उम्मेदवार सुवेदीले भरतपुरका योजनावद्ध विकासका लागि आफू मेयरमा उठ्ने र जित्ने बताए । सुवेदीले उम्मेदवारी दर्ता गराएर फर्किंदै गर्दा भरतपुरका चौबीसकोठी छेउछाउमा भने फरक-फरक दृश्य देखिन्थे ।

    राजमार्गभन्दा माथि अस्पताल रोडमा कांग्रेसबाट भरतपुर महानगरमा रेनुविरुद्ध बागी उम्मेदवारी दिने कार्यकर्ता बाजागाजा र चारतारे झण्डासहित भेला भएका थिए भने राजमार्गभन्दा तल माओवादी केन्द्रका नेता कार्यकर्ता उम्मेदवारी दर्ताका लागि जम्मा हुँदै थिए ।

    दिउँसो करिब ३ बजे कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराए । चितवनमा कांग्रेस पार्टी जोगाउन मेयरमा उम्मेदवारी दिएको उनको दाबी छ । पौडेलले उम्मेदवारी दर्ता गराएको करिब १ घण्टापछि सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले उम्मेदवारी दर्ता गराइन् । कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले र उपप्रमुखमा उम्मेदवार रहेका चित्रसेन अधिकारीको उपस्थितिमा मेयर पदमा उम्मेदवारी दिएकी उनले कांग्रेसबाट उठेका बागीले खासै फरक नपर्ने प्रतिक्रिया दिइन् ।

    रेनुले उम्मेदवारी दर्ता गरिसक्दा पनि अधिकारीको टिकट नआएको कारण केहीबेर कार्यालयमै उनीहरु रोकिएका थिए । भरतपुरमा यसपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको छ । राप्रपाबाट उपमेयर उम्मेदवार टुंगो लाग्न समय लाग्दा ढिलो गरी हिमला गुरूङले उपमेयरमा उम्मेदवारी दर्ता गरिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ