• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    आफ्नै नेताबाट कुटिए एमालेका चर्चित नेता, के छ अवस्था ?

    1.3K
    SHARES


    काठमाण्डौ । गौशाला नगरपालिकाको एमाले पार्टीबाट मेयर पदको उम्मेदवार अजय कुशवाहामाथि आफ्नै पार्टीका नेताबाट कुटपिट भएको छ ।

    सोमबार गौशाला नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आएको समयमा कुटपिट गरिएको हो। सोही पार्टीका देवेन्द्र महासेठले कुशवाहा माथि हातपात गरिएको हो।

    महासेठले बावु रामऔतार महासेठको लागि टिकट माग गरेको र सो नदिदाँ आफूमाथि कुटपिट गरिएको कुशवाहाले बताए। कुशवाहाले भने, ‘आफूलाई पार्टीले टिकट दिएको निहुँमा यहाँका नेता कार्यकर्ताहरु बिहानैदेखि तनाव दिँदै आएका थिए। उ

    नीहरु दिनभरि नै मानसिकरुपमा दबाव दिएको र पछि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा आफूलाई घेरेर कु’टपि’ट गरका हुन्।’

    त्यस्तै रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा(एमाले)बाट दुई जनाको उम्मेदवारी परेको छ। तर, निर्वाचन अधिकृतको कार्यालयले दुबै जनाको उम्मेदवारी रद्द गरिदिएको छ।

    एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए। उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो। तर, निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन।

    हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरिदिएको हो। तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो।

    तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनको उम्मेदवारी पनि रद्द गरिएको छ। उम्मेदवारी रद्दको सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन्।

    ‘एमालेले नै एउटै पदमा दुई वटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एक जनाको त समानुपातिकको बन्द सूचीमा छ’, आमाछोदिङमो मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने, ‘दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशन बमोजिम अघि बढ्छौँ।

    उनलाई निर्वाचन आयोगबाट खटिएको कर्मचारी र सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थलतर्फ भगाएको हो । अहिले नेकपा एमालेका पदाधिकारीहरु मनोनयन दर्ता गराउदैँछन्।

    त्यस्तै यता निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ। मंगलबार बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन्।

    मनोनयन दर्ता प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा भएको हो। आयोगले ती पदमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ।

    त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९६ जना, प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन्।

    कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। ६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ