• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भरतपुरकाे मेयरमा पुनः उम्मेदवारी दिएकी रेणु दाहाललाई लाग्यो यस्तो झड्का, गठबन्धनमा खैलाबैला

    664
    SHARES


    चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

    निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    उता गठबन्धनबाट रेनु दाहालले उम्मेदवारी दिएका बेला यता कांग्रेसले बागी उम्मेदवारी दिएको छ । जसले गठबन्धनमा खैलाबैला मच्चाएको छ ।

    सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेकाे भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पाैडेलले स्वतन्त्र उम्मेद्वारी दायर गराएका छन् । सोमबार दिउँसाे काँग्रेसकाे झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

    भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केकाे छ । कांग्रेस जाेगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएकाे पाैडेलले बताए ।

    पाैडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयाेवृद्ध नेता कृष्णलाल सापकाेटाले पाैडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए ।

    पाैडेल २०४९ सालकाे चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए । पाैडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ