• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नेपालको नाम लिँदै अमेरिकी राष्ट्रपतिले गरे यस्तो घोषणा

    1.8K
    SHARES


    काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ प्रगाढ पार्न चाहेको उद्घोष गरेका छन्।

    अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले उक्त धारणाा राखेका हुन्। उनले राजदूत खत्रीलाई भने, ‘यहाँस्थित कूटनितिक समुदायको एक सदस्यका रुपमा तपाईंलाई स्वागत गर्न चाहन्छु।’

    अमेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

    राजदूत खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण गरे।

    राजदूत खत्रीले नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएका छन्। उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध अबका दिनमा थप सुदृढ हुने अपेक्षा पनि लिएका छन्।

    त्यस्तै रुस–युक्रेन युद्ध सुरु भएको दुई महिना पुगिसकेको छ । यसैबीच रुसी सेनाले युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर मारियुपोलमाथि कब्जा गरेको छ ।  राष्ट्रपति भ्लादिमिरि पुटिनले मारियुपोलमाथि जीतको घोषणा गरे । यो जीतपछि पुटिनको रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाट भयो ।

    यसको एउटा भिडियो सार्वजनिक भएको छ । यो देखेपछि पुटिन बिरामी भएको अड्कलबाजी गरिँदै छ । पुटिनको जीवन रहस्यले भरिएको छ । उनको नीजि जीवनबारे खासै धेरैलाई थाहा छैन । आफ्नो स्वास्थ्य अवस्थाबारे पुटिनले अहिलेसम्म केही पनि बताएका छैनन् ।

    यस्तोमा सार्वजनिक भएको भिडियोमा पुटिनको हाउभाउ देखेपछि उनको स्वास्थ्यबारे विभिन्न प्रश्न उठिरहेका छन् । थुप्रै मिडिया रिपोर्टमा पुटिन थाइरोयड क्यान्सर वा पार्किन्सन्सजस्ता गम्भीर रोगसँग जुधिरहेको बताइएको छ । रिपोर्टमा बताइए अनुसार थुप्रै क्यान्सर विशेषज्ञ पुटिनसँग हिँड्छन् । आजकाल पुटिन स्टेरोयड पनि लिइरहेका छन् ।

    वास्तवमा, भिडियोमा देखिए अनुसार पुटिन रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाटका बेला टेबलको एउटा कुना लगातार समातिरहेका थिए । उनको दाहिने हातको औँलामात्रै हल्लिरहेको थियो ।

    उनको अनुहार पनि सुन्निएको थियो । कसैले किमोथेरापीको औषधी वा स्टेरोइड लिइरहेको छ भने यस्तो हुने बताइन्छ । यस्तै, भिडियोमा पुटिनको लगातार खुट्टा हल्लिरहेको देखियो जुन पार्किन्सन्स रोगको लक्षण हो ।

    स्विडिस इकोनोमिस्ट एन्डर्स असलन्डका अनुसार भिडियोमा पुटिन र शोइगु दुबै तनावमा देखिएका छन् । साथै, दुबैजनाको स्वास्थ्य पनि राम्रो देखिएको छैन । उनीहरुको बसेको तरिका पनि ठिक देखिएको छैन ।

    बैठकमा रक्षामन्त्री सर्गेई स्क्रिप्ट पढिरहेको देख्न सकिन्छ । बैठकमा प्रस्तुत गरिएका कुरालाई शोइगुले एउटा कागजमा लेखेका थिए । उनले यसलाई नै सरसर्ती पढिरहेको देखिए । यसबाहेक उनी भक्भकाइरहेका थिए, उनीहरुको शब्द पनि स्पष्ट सुनिएको थिएन ।

    यसअघि सार्वजनिक भएको खबर अनुसार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको थियो । यस्तै, युद्धको सुरुवातपछि नै पुटिन र शोइगुको स्वास्थ्य थप खबर भइरहेको बताइँदैछ ।

    यो भेटघाटमा पुटिनले मारियुपोललाई स्वतन्त्रता दिने भन्नेबारे पनि कुरा गरेका थिए । साथै आफ्ना सैनिकलाई हमला रोक्न भने । साथै, अजोवस्टल प्लान्ट घेर्ने र सबै बाटो बन्द गर्न निर्देशन पनि दिए । यहाँ युक्रेनी सैनिक र नागरिक फसेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ