• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मेयरका लागि आफूलाई आएको टिकट सहकर्मीलाई हस्तान्तरण गरेपछि…..

    178
    SHARES


    सल्यान । सल्यानको बागचौर नगरपालिकामा एमालेका एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।

    एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ल (क्षितिज)लाई हस्तान्तरण गरेका हुन् । पूर्व माओवादी केन्द्रका मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

    यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे । तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।

    ‘मल्ल जी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियोे ।’ शर्माले भने,’ प्राविधिक कारणले मेरो नाममा टिकट आयो । अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु ।’

    उता कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

    कञ्चनपुरका ९ मध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले र ४ स्थानीय तहको प्रमुख एकीकृत समाजवादीले पाउने गरी भागबन्डा गरेका छन् ।

    माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ