• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमालेका मेयर उम्मेदवारले सुन चोरेको भिडिओ भाइरल, भिडियोसहित

    868
    SHARES


    काठमाडौँ । नेकपा एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेललाई जोडेर अहिले एउटा भिडिओ भाइरल छ। एमाले केन्द्रीय सचिवालयले शनिबार साँझ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा उक्त फुटेज पोष्ट भएको हो।

    भिडिओमा एक सुनचाँदी पसलमा एक पुरूष र दुई महिला ग्राहकजस्ता देखिन्छन्। पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा देखिन्छ। उक्त व्यक्ति एमाले उम्मेदवार पौडेल भएको भन्दै भिडिओ भाइरल भइरहेको छ।

    एमाले कास्कीका एक नेताका अनुसार उक्त भिडिओका बारेमा पौडेललाई यसअघि पनि पार्टीभित्र प्रश्न उठेको थियो। एमाले र माओवादी मिलेर बनेको नेकपाका पोखरा संयोजक भएका बेला कार्यकर्ताले पौडेलमाथि प्रश्न उठाएका थिए।

    सुन चोर्दै गरेको भिडिओ पोखराको पृथ्वीचोकस्थित एक सुनचाँदी पसलबाट बाहिरिएको हो। झन्डै १० वर्ष पुरानो भिडिओ भए पनि चोरीको आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको छ।

    ‘पोखरामा एमाले बलियो छ, उम्मेदवार कमजोर भयो,’ एक नेताले भने, ‘उम्मेदवारमाथिका आरोपहरूले चुनाव जित्न अप्ठ्यारो हुनेभयो।’

    ती नेताका अनुसार उक्त फुटेज बाहिर आएपछि एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’को अग्रसरतामा मिलाइएको थियो। पोखरा महानगरमा कमजोर उम्मेदवार उठाएको भन्दै कार्यकर्ताले उम्मेदवार परिवर्तन गर्न दबाब बढाएका छन्।

    ‘पोखरामा पाँच दलीय गठबन्धनलाई जित्न यस्ता उम्मेदवारले हुँदैन,’ अर्का कार्यकर्ताले भने, ‘स्वच्छ छविका अरू नै योग्य उम्मेदवार उठाउनुपर्छ।’

    पोखरा महानगरमा २०७४ को निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउँदा समेत काम गर्न नसकेको आरोप लागेको भन्दै ती नेताले यस्ता उम्मेदवार बोकेर जनतासँग भोट माग्न नसक्ने बताए।

    ‘एमाले पोखराका एउटा पङ्क्ति चुनावमा खुलेर नहिँड्ने अवस्था देखिएको छ,’ ती नेताले भने, ‘नेतृत्वले बेलैमा बुद्धि पुर्याओस।’

    एमाले पोखराका उम्मेदवार पौडेलले भने उक्त भिडिओ सतप्रतिशत झुट भएको दाबी गरे। ‘मेरो चरित्र हत्या गर्न र मेरो प्रगतिबाट डाहा गर्नेहरूले भिडिओ बनाएका हुन्,’ उनले भने, भिडिओमा देखिएको व्यक्ति म होइन।’

    पोखराको राजनीतिक र सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेको भन्दै उनले कपोलकल्पित कुराको विस्तारै पर्दाफास हुने दाबी गरे। हेर्नुहोस भिडियो

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ