काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।
ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ।
हामीले यस्तो कहिल्यै गरेका थिएनौँ। हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्।…र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्’, उनले भने।
जबकि ‘रूसी राष्ट्रपति भ्लादिमिरे पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्। ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्।
मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुनस् चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन्।
ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली सम्भावनाको सङ्केत दिएका छन्।
त्यस्तै, मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ। समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ।
यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ हजार पनि नियन्त्रणमा लिइएको रोयटर्सले जनाएको छ । सो संख्या अघिल्लो वर्षमा सोही महिनाको तुलनामा २४ प्रतिशतले बढि रहेको जनाइएको छ। रोयटर्सका अनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख ६९ हजार अवैध आप्रवासीलाई पक्राउ गरिएको थियो।
यसअघिको ट्रम्प प्रशासनले लागू गरेका कठोर आप्रवासन नियममा सुधार गर्ने बाचाका साथ राष्ट्रपति बनेका बाइडेनको प्रशासनले पनि अवैध आप्रवासनको नियन्त्रण गर्ने योजनालाई निरन्तरता दिएको आरोप लाग्दै आएको छ।
पछिल्लो समय मेक्सिकोसँगको सीमा नाघेर अवैध रुपमा अमेरिका प्रवेश गर्नेमा मध्य अमेरिकाका मेक्सिको सहित ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर, होण्डुरस लगायतका मुलकका साथै रुस र युक्रेनबाट आएका आप्रवासी समेत रहेको रोयटर्सले जनाएको छ।
आगामी केही साताहरुमा दैनिक १८ हजारभन्दा धेरै आप्रवासी अवैध रुपमा अमेरिका प्रवेश गर्ने अनुमानका साथ तयारी थालिएको अमेरिकी आप्रवासन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
प्रतिक्रिया