• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादीलाई झट्का दिंदै गठबन्धनबाट आफै बाहिरियो कांग्रेस, पत्रकार सम्मेलन गरेर के भन्यो ?

    2.1K
    SHARES


    गोरखा । सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि गोरखामा काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो ।

    काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए । कांग्रेसको यो निर्णयले गोरखामा माओवादी केन्द्रलाई झट्का लागेको छ ।

    ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

    ‘काँग्रेसले आफ्नो कुरा स्वभाविकै रुपमा राखिसक्यो। हामी अन्तिमसम्म पनि मिलेर जाने प्रत्यत्न गर्ने छौ’ थापाले भने,‘अब काँग्रेस बाहिरिएपनि गठबन्धनका अन्य दलसँग तालमेल गर्ने छौ।’ यस अघि निर्वाचनमा काँग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।

    देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।

    स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ ।

    गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।

    यस्तै एमालेबाट घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार छन् । चौधरी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् ।

    तुलसीपुर मेयरमा गठबन्धनबाट काँग्रेसका गेहन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोखबहादुर राना उम्मेदवार बनेका छन् । एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । यो पालिकामा यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

    नेपालगञ्ज उपमहानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धनले उम्मेदवार टुङ्गो लगाएको छैन । यो पालिकामा गठबन्धनबीचको भागबण्डामा मेयर काँग्रेसको भागमा तथा उपमेयर जसपाको भागमा परेको छ ।

    एमालेले भने यो पालिकाका लागि मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाइसकेको छ । एमालेबाट मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल उम्मेदवार छन् । यहाँ यसअघि मेयरमा राप्रपा र उपमेयरमा काँग्रेसले जितेको थियो ।

    यस्तै बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेसले उम्मेदवारी दिने भएको छ । काँग्रेसले मेयरका उम्मेदवार टुङ्गो लगाइसकेको छैन । उपमेयरमा भने एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवार बनेका छन् ।

    एमालेबाट बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याल उपमेयरमा उम्मेदवार बनेका छन् । यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

    यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारी उम्मेदवार बनेका छन् ।

    वड मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् । यो पालिकामा स्वतन्त्र रुपमा गोपाल हमालले पनि उम्मेदवारी दिएका छन् । यसअघि निर्वाचनमा हमाल र वडबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

    बागमती प्रदेश अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मिनाकुमारी लामा उम्मेदवार बनेकी छन् । उनी यसअघि एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेकी थिइन् ।

    यस्तै, हेटौंडाको उपमेयर काँग्रेसको भागमा परेको छ । काँग्रेसले सो पालिकामा उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छैन । एमालेले हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा यहाँ एमालेले मेयर र उपमेयर जितेको थियो ।

    मधेस प्रदेश अन्तर्गत जीतपुर सिमरा उपमहानगरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार बनेका छन् । यो पालिकामा उपमेयर काँग्रेसको भागमा परे पनि उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । एमालेले जीतपुर सिमराको मेयर र उपमेयर टुङ्गो लगाउन बाँकी छ । यसअघि यहाँ मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।

    यस्तै कलैया उपमहानगरको मेयर काँग्रेस र उपमेयर जसपाको भागमा परेको छ । दुवैले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । एमालेले मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छैन । यसअघि निर्वाचनमा कलैयाको मेयर र उपमेयर काँग्रेसले जितेको थियो ।

    यस्तै जनकपुर उपमहानगरमा सत्तारुढ गठबन्धनभित्र मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको छ । दुवैले उम्मेदवार भने टुङ्गो लगाएका छैनन् । एमालेले पनि यहाँ मेयर र उपमेयर दुवै टुङ्गो लगाएको छैन ।

    यस्तै प्रदेश १ अन्तर्गत इटहरी उपमहानगरको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेस र उपमेयरमा एकीकृत समाजवादीले उम्मेदवारी दिने टुङ्गो लागेको छ । तर दुवै दलले उम्मेदवार भने चयन गरिसकेका छैनन् । एमालेले इटहरीको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सत्ता गठबन्धनबाट धरान उपमहानगरको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ । दुवै दलले उम्मेदवार भने चयन गर्न बाँकी छ । एमालेले धरानको मेयरमा मञ्जु काफ्ले र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ