• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    आफ्नै कार्यकर्ताबाट कुटिए मावोवादीका यी चर्चित नेता, केछ अवस्था ?

    2.7K
    SHARES


    हुम्ला- नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेपछि माओवादी केन्द्र कर्णाली प्रदेशका सह सचिव लालकेश जैसी कुटिएका छन्।

    माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वल) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको भन्दै चंखेली गाउँपालिका अध्यक्षका आकाक्षी रहेका धुबबहादुर शाही कुटेका हुन्।सह सचिव जैसीले गोला प्रथा गरि अध्यक्ष छनौट गरेको भन्दै कुटेको शाहीले जानकारी दिए ।

    गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा राखेको हुदाहुदै, जैशीले अरूको मतलव नगरी सुरविर एडी र गोविन्द शाही दुइ जानलाइ मात्र एकान्तमा लगेर गोलाप्रथा गरेपछि बाध्य भएको शाहीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आफुहरूलाई केही सूचना नआएको जनाएको छ । गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरुले असन्तुष्टि जनाएको बताइएको छ ।

    त्यस्तै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो ।

    कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ ।

    स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

    मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दवाव दिँदै आएका थिए ।

    तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो । सो क्रममा गजाधार यादव भने आक्रोशित यूवा कार्यकर्ताको निसानामा परेपछि उनी कुटिएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ