• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपत्यकामा शक्तिशाली वि’स्फोट, १ जनाको मृत्यु

    1.1K
    SHARES


    काठमाडौँ । काठमाडौँ उपत्यकामा शक्तिशाली विस्फो’ट भएको छ । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

    बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

    उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्‍याइएको छ। ‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो। एक जनाको मृत्यु भएको छ,’ उनले भने।

    मृतक भारतीय नागरिक छन्। प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन्।

    घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक शाहले बताए। अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

    त्यस्तै उता  शमशेर दल गणका एक महिला सिपाहीले गणभित्रै आफैले बोकेको राइफलले गोली हानेर आत्महत्या गरेकी छिन्।

    बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी आफैंले बोकेको गोली लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

    प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्यूटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेकी थिइन्। उनले किन आफैले गोली प्रहार गरेकी हुन भन्ने बारेमा केही नखुलेको प्रहरीले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ