• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    काँग्रेसका मेयरद्वारा पार्टी परित्याग

    7.4K
    SHARES


    काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित उनले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।

    आफू १४ वर्षदेखि काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न भाध्य भएको मेयर यादवको भनाइ छ ।

    उनका अनुसार मंगलबार फतुवा विजयपुर काँग्रेस नगर कमिटीको बैठकमा जिल्ला कार्यसमितिका सभापति यादवले बोलाएका थिए । विजयपुर माविको प्राङ्गणमा बसेको बैठकमा आफू एक घण्टा सहभागी भएको तर उम्मेदवार सिफारिससम्बन्धी कुनै निर्णय नभएपछि आफू हिँडेको उनको भनाइ छ ।

    जिल्ला सभापति सुनिल यादव र उनका भाइ दलबलसहित पार्टी नगर सभापति बाबुराम अधिकारीको घरमा गएर जबर्जस्ती ज्ञानेन्द्रको एकल नाम सिफारिस गर्न दबाब दिँदा नगर सभापतिले नमानेको तर पछि नगर उपसभापति अबरारुल देवानलाई कार्यवाहक सभापति दिएर काँग्रेस जिल्ला सभापति सुनिल यादवले मेयरको टिकटका लागि आफ्नो भाइ ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गराएको मेयर गोपाल यादवले जानकारी दिए ।

    केही दिन अघि नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको रोहवरमा जिल्ला सभापति यादवले फतुवा विजयपुर नगरपालिकाको मेयरका लागि आफूलाई टिकट दिने प्रतिवद्धता जनाएको तर त्यसको उल्लंघन भएपछि आफू पार्टीमा रहिरहन आवश्यक नरहेको ठानेर पार्टी परित्याग गरेको उनले बताए ।

    त्यस्तै सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ।

    तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाएको हो। गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ।

    नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ। नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।

    त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले वीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ। उपमहानगरमा कांग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ। एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ।

    दलहरुबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा बिरोध भइरहेको छ भने नेताहरुले असन्तुष्टि जनाएका छन्। जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरु क्रुद्ध भएका छन्।

    कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिए। निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन्।

    हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन्। बुधबार दिउँसै उनीहरुले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए।

    सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ। तर कांग्रेस कार्यकर्ताहरु सन्तुष्ट छैनन्। स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ। केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ।

    कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ।

    जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन्। उनीहरुले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ