काठमाडौँ । कपिलवस्तुस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गो’ली चलेको छ। बुधबार साँझ ७ बजेतिर गो’ली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन्।
बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गण भित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतले बताएको छ।
स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन।
राजवंशी आफैंले गो’ली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ। छातीमा लागेको गोली पिठ्युँ छेडेर बाहिर निस्किएको श्रोतले जानकारी दिएको छ।
त्यस्तै बहालवाला र भूपू अधिकारीहरुमा पदीय र सांगठनिक आचरणविपरितका गतिविधि बढ्न थालेपछि सेनाले लगाम लगाउने उपायको खोजी गरेको छ ।
हालैमात्र जुम्लाका जर्नेलले ब्यारेकभित्र फिल्मी शैलीमा कुदेर आएर श्रीमतीलाई गुराँसको फूल दिँदै प्रेमभावको टिकटक बनाएका थिए । अर्का अवकाशप्राप्त जर्नेलले पनि नाबालक छोरालाई जर्नेलको पोशाक लगाएर टिकटिक बनाउन दिएपछि सेनाको थप आलोचना भएको थियो ।
त्यहि आलोचना दोहोरिन नदिन भन्दै नेपाली सेनाले आजबाट दुई दिने ‘सैनिक आचारसंहिता कार्यक्रम, २०७९’ शुरु गरेको छ । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा सेनापति प्रभूराम शर्मापछिका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
सकलदर्जालाई पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित,नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया