• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युद्धको ५५ औँ दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की गरे अडरलाग्दो घोषणा, रुस झन् आक्रामक

    1.5K
    SHARES


    एजेन्सी। युद्धको ५५ औँ दिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरेको अनौठो घोषणाले रुस झन् आक्रामक बनेको छ। उनले थप हतियार उपलब्ध गराउन आफ्ना सझेदार राष्ट्रहरु सित हारगुहार गरिरहेका  छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार उनीहरुसँग पर्याप्त हतियार भएको भए रुसले युद्ध हार्ने थियो र यतिबेला युद्ध समाप्त भइसक्ने थियो भने पछि रुस झन् आक्रामक बनेको छ।

    मंगलबार राति देशवासीको नाममा सम्बोधन गर्दै उनले आफ्ना सहयोगी राष्ट्रसँग पुनः हतियारको माग गरे। उनका अनुसार रुसले एक लोकतान्त्रिक मूलुकमाथि धावा बोल्दा अन्य देशहरुले भण्डारन गरेको हतियार सहजै रुपमा युक्रेनलाई उपलब्ध गराउन न्यायोचित हुनेछ।

    आफ्ना सहयोगीसँग बारम्बार हात जोडेर हतियार माग्नु न्यायपूर्ण नभएको उनको भनाइ छ।उनी भन्छन्,‘हाम्रा सहयोगी देशहरूसँग युक्रेनलाई आवश्यक पर्ने हतियार र गोला बारुद छ भने स्वतन्त्रताको रक्षा गर्न।

    हजारौं युक्रेनीहरूको जीवन बचाउन मद्दत गर्नु उनीहरूको नैतिक कर्तव्य हो। यस क्रममा अमेरिका, बेलायत र जर्मनीले युक्रेनलाई थप हतियार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    ती हतियार चाँडै युक्रेन पुगेको खण्डमा हजारौं युक्रेनी नागरिकको ज्यान जोगिने जेलेन्स्कीको भनाइ छ। रुसले भने पश्चिमा राष्ट्रका कारण युद्ध लम्बिएको आरोप लगाएको छ।

    युक्रेन युद्धः रुसले आक्रमण चर्काएपछि पश्चिमा देशले थप अस्त्र पठाउने: रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्।

    पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्।

    अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन्। बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ।

    त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरे। ब्रिटेनले चाहिँ पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ।

    रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ।तर रुसले किएभस्थित सरकारलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ।

    युक्रेनी अधिकारीहरूले डोन्बास क्षेत्रमा रुसले थालेको आक्रमणसँगै जारी युद्ध अर्को चरणमा प्रवेश गरेका बताएका छन्। रुसले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको पूर्वी डोन्बास क्षेत्रभित्रै लुहान्स्क र डोनेत्स्क पर्छ।

    युक्रेनका अनुसार सोमवारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन्।

    यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताएका थिए।तर रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने प्रतिबद्धता उनले जनाए।

    त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

    उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन्।

    यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका गर्न नहुने उनको भनाइ रहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ