• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    पल शाह प्रकरण- नाबालिगका बाबुले पनि फेरे बयान

    539
    SHARES


    काठमाडौं । नाबालिग गायिका ‘होस्टाइल’ बनेसँगै मुद्दामा ट्विस्ट आएको छ। उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ। आफ्नी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाहविरुद्ध जाहेरी दिएका किशोरीका बाबुले पनि अदालतमा बकपत्र गर्दा बयान फेरेका छन् ।

    तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा उनले ‘छोरीले भनेअनुसार नै हो मलाई अरू केही थाहा भएन’ भन्दै बयान फेरेको स्रेस्तेदार मीनबहादुर कुँवरले बताए । ‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्,’ कुँवरले भने, ‘पहिलाको भन्दा विपरीत बयान दिँदै जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थाहा पाएँ, अरूको उक्साहटमा जाहेरी दिएको भनेका छन् ।’

    अदालतमा यसअघि गत आइतबार छोरीको बकपत्र भएको थियो । उनले ‘आफूमाथि बलात्कार नभएको, उक्साहटमा जाहेरी दिएको’ बयान अदालतमा लेखाएकी थिइन् । छोरी र बाबुको बयान एकै प्रकारको आएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए ।

    उहाँले मैले केही देखिनँ, बेहोरा त्यतिबेला मैले सुनेर जाहेरी दिएँ अहिले बुझ्दा होइन कि जस्तो लाग्छ भन्नुभयो,’ उनले भने, ‘बकपत्र मात्रै सबै कुरा होइन, अन्य प्रमाण पनि हेरिन्छ, यो बयानले मात्र प्रतिवादी छुट्ने आधार बन्दैन ।’ यसरी आएर बयान फेर्दा कानुनबमोजिम सजाय हुन सक्ने थाहा हुँदाहुँदै पनि पीडित पक्षले बयान फेरेको उनले बताए ।

    शाहविरुद्ध किशोरीका बाबुले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । त्यसलगत्तै फेरि पूर्वी नवलपरासीको गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा त्यस्तै अर्को जाहेरी किशोरीका तर्फबाट दर्ता गराइएको थियो ।

    जाहेरी दर्ता भएको पाँच दिनपछि प्रहरीसमक्ष आएका शाह थुनामा छन् । मुद्दामा अदालती कारबाही सुरु हुँदा छोरी र बाबु दुवैको बयान फेरिएको हो । शाह पक्षका कानुन व्यवसायी कमलमोहन वाग्लेले किशोरीका बाबुले आफूलाई भ्रममा पारेर दबाब सिर्जना गरी जाहेरी दिने अवस्थामा पुर्‍याएको हो भन्ने बयान दिएको बताए ।

    उनका अनुसार यो मुद्दामा प्रमाण बुझ्ने काम बाँकी नै छ । अनुसन्धानका क्रममा कागजात गर्ने घटना विवरणका मानिसहरू, उनीहरू बास बसेको होटल सञ्चालकलगायतसँग बुझ्न बाँकी रहेको उनले बताए ।

    ‘अहिले पीडितले पनि होइन र पीडितका बाबुले पनि होइन भनेको अवस्थामा शाहको पक्षमा राम्रो संकेत देखाएको छ,’ अधिवक्ता वाग्लेले भने । यस्तो मुद्दामा जसको उजुरीले अनुसन्धान अगाडि बढेर मुद्दा दर्ता भइसकेपछि होइन भनेर फरक बयान दिनेलाई कानुनले सजायको व्यवस्था गरेको उनले बताए ।

    ‘कानुनमा व्यवस्था छ भन्दैमा सजाय हुन्छ र गर्नैपर्छ भन्ने पनि होइन । अदालतले त्यतिबेलाको अवस्था परिस्थितिलाई मध्यनजर गरेर फैसला लिन्छ,’ उनले भने । त्यस्तै अदालतमा कलाकार दुर्गेश थापाको पनि बकपत्र भएको र उनले पनि शाह निर्दोष छन् भनेर कागज गरेको अधिवक्ता वाग्लेले बताए ।

    गत फागुन १५ देखि हिरासतमा लिएका शाहलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले ३ पटक अदालतबाट म्याद पाएको थियो । गत चैत १० मा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । शाहविरुद्धको मुद्दामा पनि नवलपरासी जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ