• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    सबैलाई चकित पार्दै महानगरको भागबण्डा टुङ्गियो, कुन दलले कहाँ-कहाँ पायो ?

    869
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ। यसअघि पोखरा महानगरमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन।

    पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए ।

    यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।

    गठबन्धन बिरुद्ध एक्लै भिड्छु भन्ने ओली एमाले ७ दलसँग चुनावी तालमेल गर्दै: प्रतिपक्षी नेकपा एमाले जोडतोडका साथ अघि बढिरहँदा सत्ताघटकहरुमा भने अझै वार्गेनिङ गरेर ठुलो हिस्सा हत्याउने प्रतिस्पर्धा सकिएको छैन ।

    आफू्लाई प्रतिगमनको मतियारको संज्ञा दिने पाँच दलीय गठबन्धनका विरुद्ध भिड्न सात दलिय गठबन्धन बनाएका ओलीले पार्टी प्रवेशलाई तीव्र बनाएका छन । कुन अवस्थामा छ त सत्ता घटकको तालमेल र सामनामा ओलीको रणनीति ?

    नेपालीको राजनीतिको खराव पक्षको कुरा गर्दा कम्युनिष्ट विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट हुनु रहेको बहसकै विषय बन्ने गरेको छ ।तर यो पटक भने यसलाई परिमार्जन गर्दै प्रतिगमन विरुद्ध अग्रमनको लडाईको रुपमा अथ्र्याउन नेताहरु व्यस्त देखिएका छन ।

    अर्थात् केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको भन्दै त्यसको विरुद्धमा पाँच दल एक ठाँउमा आएर गठबन्धन गरेका छन् ।यहि गठबन्धन आवद्ध दल ओलीलाई स्वाद चखाउने उदेश्यका साथ चुनावमा समेत तालमेलका साथ जाने निर्णय गरेका हुन ।

    तर उनीहरु लागि भने यो भालूको कम्पट बन्दै गएको छ। दलभित्रको आन्तरिक तथा गठबन्धनभित्रको अन्तरदल अन्र्तविरोधका कारण देशभर माहोल विग्रदै गएको छ । एकले अर्काको अस्तित्वसम्म नस्वीकार्ने अवस्थामा पुगेका उनीहरु पद वार्गेनिङमै अल्झिरहेका छन् ।

    यहिबीचमा कुनै पनि महानगर नछोड्ने दवावमा कांग्रेसमा बढेको छ भने एकीकृत समाजवादीले एमालेले विगतमा जितेका स्थानमा आफ्नो स्वभाविक दावी रहेने बताएको छ ।

    आफू बलियो रहेको ठाँउमा एक्लै लड्ने भन्दै जसपा अघि बढ्दा गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलनमा एक्लै चुनाव लड्ने घोषणा गरेर माओवादी अध्यक्ष पुष्पकल दाहालले घुर्की लगाएका छन् ।

    भागबन्डामा आफूले चाहेअनुसार सिट भएन भने गठबन्धन टुट्न सक्छ भन्ने संकेत गरेका उनले एक्लै जाने गरी तयारी थालेको त तीन महिना भईसकेको दाबी गरेका छन । अर्थात गठबन्धन आवद्ध पाँचै दलभित्र एक मत नहुदाँ सत्तागठबन्धन अलमल मै परिरहेको छ ।

    पहिले महानगर र उपमहानगरमा सहमति भएपछि त्यही आधारमा नगरपालिका, गाउँपालिका र वडा टुंगो लगाउने तयारीका साथ युद्धस्तरमा लागेका उनीहरुको प्रयासले अझै दिनेको सकेको छैन ।

    अर्कातर्फ गठबन्धनभित्र कुरा नमिल्दा स्थानीय तह बाँडफाँट भएपनि चुनावमा मत दिने कुरामा अन्तर्घात हुने चिन्ता गठबन्धनका दलहरु कायमै छ। यता नेकपा एमालेले भने एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्न सम्पूर्ण शक्ती खर्च गरिरहेको छ।

    गठबन्धनभित्रको अन्तद्धन्दले हौसिएको एमालेले पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको छ।

    कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दलसँग तालमेल गर्ने सहमति गरिसकेको एमालेले काँग्रेसको असन्तुष्ट गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने पक्का गरिसकेको छ।

    यता महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई पनि समेट्ने तयारीमा एमाले छ।

    त्यस्तै आफ्ना कामको प्रचार र विपक्षीको भण्डाफोर गर्ने रणनिति लिएको एमालेले पार्टी प्रवेशलाई प्राथमिकतामा राखेको छ। जसका लागि देश दौडाहामा रहेका अध्यक्ष ओलीले विपक्षी गठबन्धनको अन्तरविरोधमा समेत खेलिरहेका छन्।

    नजिकको प्रतिस्पर्धा गर्न माओवादी केन्द्रसहित गठबन्धनका पार्टीबाट निर्वाचित लोकप्रिय प्रमुख र उपप्रमुखलाई भित्र्याएर टिकट दिने कार्यलाई समेत अघि बढाएका ओलीले आफूहरुलाई कुनै शक्तीले पराजित गर्न नसक्ने बताउन थालेका छन।

    आफू एक्लै एमालेसंग लड्न नसक्ने भन्दै कांग्रेस सभापती शेरबहादुर देउवाले कमजोर मनस्थिती देखाँईरदाँ ओली भने आत्मविश्वास वृद्धिमा निरन्तर लागि परेका छन।

    त्यस्तै सत्ता घटकभित्रै अविश्वास बढेर माधवकुमार नेपाल–प्रचण्ड र उपेन्द्र यादवहरुले छुट्टै छलफल नै थाल्दा एमालले भने एक ढिक्का भएर अघि बढेको छ।

    कांग्रेसभित्र विद्रोहको राँगो बल्दा समेत एमालेमा अन्तुष्ट भएकाहरुले भने रुन बाहेक विद्रोह नै गर्न भने आट गरेका छैनन । जुन सत्ता घटकका लागि कडा चुनौती देखिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ