• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अमेरिकाबाट सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार नेपाल आउँदै

    193
    SHARES


    काठमाडौँ। अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहित अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह शुक्रबार नेपाल आउने भएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले अमेरिकी टोली नेपाल आउन लागेको  पुष्टि गरेको हो ।

    यसबारे अमेरिकी समाचार साइट ‘द हिल’ का अनुसार सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डेयर जोन्स नेपालको भ्रमणमा आउन लागेका हुन् ।

    उक्त समाचार साइटका अनुसार उनीहरु युक्रेनका लागि समर्थन जुटाउन पोल्याण्ड, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स र नेपालको नौ दिने भ्रमणमा आएका हुन् । उनीहरुले नेपालमा द्वीपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

    उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    दुवै पक्षबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएकोले यस वर्षको अन्त्यमा नेपाल र अमेरिकाबीच केही उच्चस्तरीय आदानप्रदानका लागि सांसदहरुको भ्रमण भएको हो । पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री राजदूत केली केइडरलिङल पनि अहिले नेपाल भ्रमणमै छिन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै भएको भारत भ्रमण, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण, नेपाली संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदन र संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा,

    युक्रेनको पक्षमा नेपालले मतदान गरेपछि यो भ्रमण तय भएको हो । अमेरिकाले आफ्नो विदेश सहयोग नियोग यूएसआईडीमार्फत नेपाललाई करिब ८० अर्ब रुपैयाँ दिने घोषणा भएलगत्तै अमेरिकी सांसदहरु नेपाल आउन लागेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ