• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    सुमार्गीले प्रचण्डलाई आफ्नै निवास बोलाएको बेला पत्नी अस्मिताले मन्त्रीलार्इ ‘तिमी’ भनेपछि…

    14.6K
    SHARES

    काठमाडौं, ८ चैत ।

    अजयराज सुमार्गी अर्थात प्रचण्डका अघोषित कोषाध्यक्ष । धेरैले गर्ने विश्लेषण नै यही हो । खुमलटार डेरा सर्नुअघि प्रचण्डको लाजिम्पाटस्थित निवासको प्रवन्ध समेत गर्दै आएका सुमार्गी र प्रचण्डबीच सम्बन्ध निक्कै नजिकको छ । हेटौंडाका बजारमा सिमेन्टको बोरा उठाँउदै हिड्ने अजयराज सुमार्गी पछिल्लो समयमा अनेक कारणले चर्चा र विवादमा आइरहेका देखिन्छ ।

    सुमार्गी र प्रचण्डबीच बेला बखत गोप्य वैठकहरु चलिरहन्छन । कुरा गत मंगलबार साँझको हो । सुमार्गीले व्यवस्थापन गरेको हेलिकोप्टरमा सिराहा पुगेर मंगलवार साँझ फर्किएका प्रचण्ड हेटौंडामा लामो समय सुमार्गी परिवारसँगै रहे । प्रचण्डलाई सुमार्गीले आफ्नै निवासमा स्वागत गरे ।

    अर्को खास रमाईलो कुरा त के हाे भने मन्त्रीलाई तिमी भन्ने आँट सितिमिति कसैको हुँदैन । परिवारका जेष्ठ सदस्यबाहेक आम मान्छेले मन्त्रीलाई प्रयोग गर्ने शब्द आदरार्थी नै हुन्छन् । तर, सुमार्गीपत्नीले भने आफ्नै अगाडी प्रदेश सरकारका मन्त्रीलाई ‘तिमी’ भनेपछि प्रचण्ड एकछिन साच्चै तिनछक परे ।

    प्रचण्ड हेटौंडा पुगेका बेला उनलाई भेट्न पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नी अस्मिता सुमार्गीले सोधिन्– ‘ए तिमी पनि यहाँ ?’

    हेडौंडा मुकाममै बसेर मन्त्रालय हाँकिरहेका मन्त्री दुलाल अस्मिताको प्रश्न सुनेर अक्क न बक्क भए । अनि खिस्स हाँस्दै भने– ‘अँ म यतै छु ।’

    मन्त्री दुलालको उत्तर नसकिँदै अस्मिताका पति अजेयराज सुमार्गीले ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ’ भने । लगत्तै अस्मिताले भनिन्– ए, थाहा थिएन ।

    स्रोतका अनुसार प्रचण्ड तीन घण्टा सुमार्गीको निवासमा बसेका थिए । उनले त्यहाँ केही गोप्य भेटघाटसमेत गरेका थिए । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कुनै औपचारिक कार्यक्रम बिना नै हेटौंडामा आएको बताए पनि धेरैले उनको त्यो कुरा पत्याएनन ।

    प्रचण्ड विशेष भेटघाटका लागि नै सिराहा पुगेर मंगलवार साँझ हेटौंडा फर्किएका स्राेतकाे भनार्इ छ । प्रचण्ड र सुमार्गीको राम्रो सम्बन्ध भएका कारण सुमार्गीले प्रचण्डको आडमा अकुत कालो धन नेपाल भित्र्याउन लागेको चर्चा पनि चल्ने गरेको छ ।

    यस अघि नै अजेयराज सुमार्गीले २२ अर्ब अवैध रकम विदेशबाट नेपाल ल्याउन लागेको बताइएको थियो । पहुँचकै अाधारमा ४२ पटक अवैध विदेशी पैसा ल्याइसकेका सुमार्गीले पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको थियो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका अधिकारीले गरेको अनुसन्धानले २२ अर्ब अवैध रहेको पुष्टि गरेको थियो ।

    सुमार्गीले तीन वर्षयता ४२ पटक गरी करिब ११ अर्ब ५० करोड रुपैयाँ ल्याइसकेका छन् भने थप ११ अर्ब रुपैयाँ एफडीआईका रुपमा भित्राउन लागेका हुन् ।

    सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चार वर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् ।

    सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।

    कर छलीमार्फत गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ ।

    उक्त रकम नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको पूँजीगत लाभकर छलीलगायतबाट सुमार्गीले आर्जन गरेको हुन सक्ने आशंका छ । उक्त रकम अनुमति नलिई सिधै नेपालको बैंकमा जम्मा गराएका हुन्, सुमार्गीले । सोही कारण उद्योग विभागले पनि त्यसको स्रोतबारे प्रश्न उठाएको छ ।

    उक्त रकमको स्रोत नखुलेका कारण फुकुवा गर्न नसकिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उति गत साउनमा सञ्चारकर्मीलाई बताएका थिए ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र केही सरकारी उच्च अधिकारीलाई प्रभावमा पार्न सफल भएका सुमार्गीले अवैध विदेशी पैसा नेपाल भित्र्याएर विभिन्‍न क्षेत्रमा लगानी गर्दै अाएका छन् ।

    प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सुमार्गीको अवैध रुपैयाँ कागजी प्रक्रिया मिलाएर भित्र्याइएको थियो । प्रचण्डले उच्च सरकारीलाई उक्त अवैध रुपैयाँ ल्याउन सहज बनाउन निर्देशन नै दिएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ