• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादी, एकीकृत समाजवादी र जसपालाई एक/एक महानगर दिने तयारी

    224
    SHARES


    काठमाडौँ। सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा गर्ने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ।आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले आज पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने।

    ६ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ। माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ।

    प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए। भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो। तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्टाए। काठमाडौं वा विराटनगरमध्ये एक दिन पनि माओवादीले मान्ने उनले बताए।

    ११ उपमहानगरमा पनि दलहरूले भागबन्डा गर्ने तयारी गरेका छन्। आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका थिए। दिउँसो केहीबेर स्थगित बैठक फेरि बस्ने तयारी छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ।

    त्यस्तै, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन्। पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन्।

    ६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला। एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ। एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ। प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताए।

    पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ। प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं। हामीलाई काठमाडौं भए पनि हुन्छ। अरू कुनै महानगरपालिका भए पनि हुन्छ।

    बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं। महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए। अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए।

    फरक प्रसंगमा उनले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताए। प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए। हिजो संविधानविरोधी गतिविधि भयो।

    यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ। विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ।

    उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए। निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनैै पनि हालतमा निर्वाचन नसर्ने बताए। सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए।

    भागबन्डाका विषयमा आज नै सहमति हुने प्रचण्डले जानकारी दिए। सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ। सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ