• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रुस-युक्रेन युद्ध भईरहेको बेला चीनले अत्याधुनिक लडाकु विमान परिचालन गर्यो, विश्वभर तरङ्ग

    1.3K
    SHARES


    काठमाडौं। चीनले समुद्रमा गस्तीका लागि भन्दै अत्याधुनिक जे २० लडाकु विमान परिचालन गरेको। चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले ‘चीनको हवाई सुरक्षा तथा सामुद्रिक हितको रक्षा गर्न’ जे २० लडाकु विमान परिचालन गरिएको जनाएको हो।

    अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार जे २० लडाकु विमानलाई पूर्वी तथा दक्षिण चीन सागरमा तैनाथ गरिएको छ। दुबै समुद्री क्षेत्रमा विभिन्न मुलुकहरूसँग सार्वभौमिकताको विवाद छ।

    यता जे २० निर्माता कम्पनीका प्रवक्ता रेन युकुनले भने ‘नियमित तालिम’ का क्रममा लडाकु विमान परिचालन गरिएको बताएका छन्। यसअघि रुसी इन्जिन जडान गरिएको जे २० लडाकु विमानमा पछिल्लो समय भने चीनमै निर्मित इन्जिन प्रयोग हुने गरेको सीएनएनले जनाएको छ।

    केही साताअघि अमेरिकी सेनाको प्रशान्त क्षेत्र वायुसेना बलका कमाण्डर जनरल केनेथ विल्सबाकले चीनको जे २० विमान पूर्वी चीन सागरमा अत्याधुनिक अमेरिकी लडाकु विमान एफ ३५ को सामुन्ने आएको जानकारी दिएका थिए।

    त्यस्तै, युक्रेनले आफ्नो युद्धपोत डुबाएको बदलामा रुसले राजधानी किभमा रहेको क्षेप्यास्त्र निर्माण कारखानामा आक्रमण गरेको दाबी गरेको छ। विज्ञप्ति जारी गर्दै रुसी रक्षामन्त्रालयले किभस्थित क्षेप्यास्त्र निर्माण तथा मर्मत कारखानामा आक्रमण गरेको जनाएको हो।

    किभमा रहेको राष्ट्रवादी सत्ताबाट रुसी भूमिमा कुनै पनि आतंककारी आक्रमण गर्ने वा विनाश निम्त्याउने गतिविधिको प्रतिक्रियास्वरूप किभका निशानामा क्षेप्यास्त्र आक्रमणको संख्या र स्तर बढ्दै जानेछ।

    रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।रुसी आक्रमणबाट किभमा शुक्रबार सुनिएका विष्फोटका आवाज दुई साताअघि रुसी फौज किभबाट पछि हटेयताकै सबैभन्दा शक्तिशाली रहेको रोयटर्सले जनाएको छ।

    कार मर्मत गर्ने पसल चलाउने एक प्रत्यक्षदर्शीले रोयटर्सलाई जनाएअनुसार उनले औद्योगिक भवनहरुमा तीन वटा आगोको लप्का देखेका थिए। पछि अग्नि नियन्त्रकहरुले सो भवनमा लागेको आगो निभाएका थिए।

    भवनमा आगो लागेको थियो र म मेरो कारको पछाडि लुक्न गएँ। ३८ वर्षे प्रत्यक्षदर्शी किरिल किरिलोले रोयटर्सलाई भने। यसअघि युक्रेनले बिहीबार नेप्चुन क्षेप्यास्त्र प्रहार गरी कृष्ण सागरमा रहेको रुसी फौजको मोस्कवा नामक युद्धपोतलाई ध्वस्त पारेको दाबी गरेको थियो।

    शुक्रबारमात्रै उक्त युद्धपोत डुबेको रुसी रक्षामन्त्रालयले पुष्टि गरेको थियो। त्यस्तै,युक्रेनमाथि आक्रमणलाई लिएर वाशिङ्टनले चालेका दण्डात्मक कदमको बदलास्वरूप रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

    ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गरिने योजना छ विज्ञप्ति जारी गर्दै रुसी विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

    त्यस्तै, रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएको छ । क्यानडाको अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

    त्यस्तै, रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ५१ दिन भएको छ।यस क्रममा आफ्नो सेनाको जवाफी कारवाहीमा हालसम्म २० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ।

    युक्रेनको रक्षा मन्त्रालयका अनुसार २० हजार सेना मारिनुका साथै ७५६ ट्यांक र १९ सय ७६ रुसी बख्तरबन्द सवारी पनि ध्वस्त बनाइएको छ।यस्तै ३६६ आर्टिलरी सिस्टम, १२२ आरएसजेडवी र एमएलआरएस, ६६ एन्टी एअरक्राफ्ट सिस्टम,

    १६३ लडाकु विमान, १४४ हेलिकप्टर, १४३ अटोमोटिम सवारी, ८ जहाज, ७६ इन्धन ट्यांकर, १३५ यूएभी, २५ विशेष उपकरण र ४ मोबाइल एअरबीएम सिस्टम पनि ध्वस्त बनाइदिएको युक्रेनी रक्षा मन्त्रालयको तथ्यांक छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन सिध्याउन खोजे रुस पनि विलय हुने चेतावनी दिएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ