• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    कुलमान फसाउन रचियो यस्तो प्रपोगाण्ड, कारण सुन्दा पनि अचम्म

    746
    SHARES


    काठमाडौं। निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो।

    नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो। फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो।

    आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो। आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनावी पोष्टरमा तपाईंको समेत फोटो राखी प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचार प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

    स्पष्टीकरण पत्रमा सोधिएको व्यहोरा उदृत गर्दै सचिवालयले भन्यो, ७ दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ। आयोगले पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने,

    अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी प्रश्न गरेको छ। सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण अन्तर्गत कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार प्रसार गर्न,

    नहुने विषय समेत रहेकोमा आचारसंहिता उल्लंघन गरेको आधारमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’आयोगले कुलमानलाई सोधेको छ।

    निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ। उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेश गरेको बताएका थिए।

    आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ। तपाईंले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराउनुभएको थियो थिएन ?

    आयोगका उपसचिव सुभासकुमार भट्टराईले पठाएको पत्रमा भनिएको छ। हेर्नुहोस् पत्र। तेस्तैपूर्व संचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहका चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन् ।

    विश्व खवरको पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजित कार्यक्रममा पूर्वमन्त्री गुरुङले स्थानीय चुनाव निर्धारित मितिभन्दा एक दिन पनि तलमाथि गरे गठबन्धन दलले ठूलो मुल्य चुकाउनु पर्ने बताएका हुन् ।

    सरकारले स्थानीय तहको चुनाव विधि र पद्धतिभन्दा पनि सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी जित्ने भनेर मात्र ध्यानकेन्द्रित गरेको उनले आरोप लगाए । पछिल्लो समय गठबन्धन सरकारको नालायकताको नमुना नै देशमा बढ्दो आर्थिक संकट भएको उनको आरोप छ ।

    ५ दलिय गठबन्धनले एमालेलाई हराउन जति मोर्चाबन्दी गरेपनि सचेत नेपाली जनताले ओली नेतृत्व सरकारले गरेको कामको मुल्याङकन गरेको र त्यसको नतिजा राम्रै आउने उनको दावी गरे ।

    परमआदेशको सरकार पहिला जनतालाई मुल्यवद्धिले आकाश छोएको छ । धेरै नेपाली जनताको घरमा चुलो बल्न नसक्ने अवस्था छ। त्यसको ध्यान दिउँ नियुक्तिको भागबन्डा त्यसपछि गर्नु,’ उनले भने ।

    विश्व खवर मिडिया प्रालीले आफ्नो ५ औं वार्षिक उत्सबको अवसरमा उत्कृष्ट जनप्रतिनिधीलाई सम्मान गरेको छ ।शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष भरत दुलाल र कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीताकुमारी ९पौडेल० अधिकारीलाई सम्मान गरेको हो ।

    विकास, समृद्धि र सुशासनका क्षेत्रमा चालेका कदम अन्य पालिकाहरुका लागि पनि अनुकरणीय रहेको छ। पहिलो स्थानीय सरकारको सफल नेतृत्वको गरेको भन्दै विश्व खवरले सम्मान गरेको हो।

    शैलुङ गाउँपालिका र कालिका गाउँपालिकालाई बागमति प्रदेश सरकार र संघ सरकारबाट समेत सम्मानित भएका थिए । विश्व खवरको ५ औं वार्षिकउत्सबको अवसरमा लामो समयदेखी सञ्चार कर्ममा क्रियाशिल रहेको भन्दै ,

    टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी, नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत सम्मानित भएका छन् ।

    त्यस अवसरमा विश्व खवरले प्रकाशन गरेको ‘संमृद्धि सपना’ पूर्व संचार एवं सूचना प्रविधी मन्त्री पार्वत गुरुङले विमोचन गरेका हुन्।पुस्तकमा स्थानीय सरकारको समिक्षा लगायतका सामाग्रीहरु समावेश छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ