• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    को बने सशस्त्र प्रहरी महानिरीक्षक ?

    621
    SHARES


    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन्। वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो। गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो।

    केसी अब १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन्। तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन्। उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जान्छन्। त्यसपछि सरकारले पुन: नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ।

    १९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहन्छन्। अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ।

    सरकारले उनीहरूमध्ये एक जनालाई चाँडै एआइजी नियुक्त गर्नुपर्ने अवस्था छ। सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ