• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अमेरिकाबाट खतरा बढेको भन्दै चीनले वृद्धि गर्यो परमाणु हतियारको संख्या

    344
    SHARES


    काठमाडौं। चीनले अमेरिकाबाट आफ्नो सुरक्षामा खतरा बढेको कारण देखाउँदै परमाणु हतियारको संख्या बढाउन खोजेको एक रिपोर्टले जनाएको छ। वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले चिनियाँ सुरक्षामा धावा बोल्ने खतरा बढेको भन्दै चीनले आफ्ना परमाणु हतियारहरूको संख्या बढाउन खोजिरहेको छ।

    खबरअनुसार चीनले अमेरिकी खतरासँग जुध्नको लागि आणविक हतियारलाई बलियो बनाइरहेको छ। चीनको पश्चिमी क्षेत्रहरुमा १०० भन्दा बढी मिसाइल साइलोहरूको निर्माण भएको देखिएको छ।

    मिसाइल साइलो त्यस्तो ठाउँ हो जहाँ आणविक हतियार राखिन्छ। त्यहाँ त्यसलाई मर्मत गरिनुको साथै त्यहीँबाट मिसाइल प्रहार पनि गर्न सकिन्छ। अमेरिकाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको भनिएको केहीदिनमै चीनले परमाणु हतियारको संख्या बढाइरहेको खबर आएको हो।

    हाल रुस–युक्रेन द्वन्द्वमा अमेरिका मस्कोप्रति ज्यादै आक्रामक देखिरहेको छ। अमेरिका चीनको पनि कटु आलोचक हो। चीनले दाबी गर्ने ताइवानलाई अमेरिकाले उक्साइरहन्छ भने प्रविधि, व्यापारको विषयमा अमेरिकासँग चीनको सम्बन्ध राम्रो छैन।

    त्यसैगरि, युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ। मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ। सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन्।

    युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन ९आईएमआई०का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो।

    रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन्। टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो। युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ