• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादीले चुनावी पोस्टरमा आफ्नो फोटो राखेपछि कुलमान फायर, दिए यसो कडा प्रतिक्रिया

    1.8K
    SHARES


    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र) को चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन भनेका छन्।`

    आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको कुलमानले बताए। ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले भने,‘मैले हटाउन भनिसकेको छु।

    उनीहरूले हटाउँछौं भनेका छन्।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।

    माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो। ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ।

    उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ। प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन्।

    पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ