• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

    214
    SHARES


    काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलहरूले तालमेलको ढाँचाबारे छलफल गर्न बैठक गरेका हुन्।

    आजको बैठकमा कसरी तालमेल गर्ने र कुन महानगर तथा उपमहानगर कसले लिने भन्नेमा छलफल गरी निर्णय गर्ने तयारी रहेको एक नेताले बताए।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन्।

    यस्तै गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलसहित समिति सदस्यहरू पनि बैठकमा उपस्थित रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

    बैठकपछि चुनावलगायत समसामयिक विषयमाथि गठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ