• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    शशांक कोइरालालाई बन्यो आफ्नो बोली पासो, देउवा समेत हैरान

    803
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला आफ्नै बोली पासो बनेको छ । उनको अभिव्यक्तिले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा समेत हैरान भएका छन् ।

    अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको निर्वाचन आयोगले बताएको छ ।

    निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न केहीबेरमा पदाधिकारीहरुको बैठक डाकेको छ ।

    ‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौं ।’

    निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् । शुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउन खोजेको हो ।

    सरकार र विभिन्न पदमा रहेकाहरुले समेत आचार संहिता उल्लंघन गर्न थालेको भन्दै उजुरी परेका छन् । त्यसवारेमा पनि छलफल हुने आयोग स्रोतले बतायो । यसैबीच चितवनका कांग्रेस नेताहरूले चुनावी तालमेल हुँदा भरतपुर महानगरपालिका प्रमुख (मेयर) कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् ।

    चुनावमा गठबन्धन नै गर्न हुँदैन भन्ने अडानमा रहेका नेताहरूले पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम गठबन्धन गर्नैपर्ने भएपनि महानगरपालिकाको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुनुपर्ने दाबी गरेका हुन् ।

    उनीहरूले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई भेटेर गठबन्धन गर्दा भरतपुर महानगरपालिकाको प्रमुख कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् । चितवन कांग्रेसका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाललगायतले नेताहरूलाई भेटेर छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    भरतपुरमा अघिल्लो पटक पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल हाल भरतपुरको मेयर छन् । अध्यक्ष दाहाल यसपटक पनि भरतपुरमा आफ्नै छोरीलाई उम्मेदवार बनाउने गरी मात्रै गठबन्धन हुने भन्दै आएका छन् । तर, कांग्रेस नेताहरूले भने आलोपालोको सिद्धान्तका आधारमा समेत यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने दाबी गर्छन् ।

    केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकामा कांग्रेसका मतदाताको संख्या ठूलो भएको र अघिल्लो निर्वाचनमै माओवादी केन्द्रलाई सहयोग गरेका कारण यसपटक महानगरको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्छन् ।

    ‘भरतपुरमा कांग्रेसको अत्याधिक बाहुल्यता रहेको छ । हामी गठबन्धन गर्न तयार छौँ, तर गठबन्धन गर्दा मेयर पद कांग्रेसले लिनुपर्छ, बाँकी पदमा अन्य पार्टीहरूबीचमा बाँडफाँड गर्न सकिन्छ,’ उनले भने, ‘गठबन्धनभित्र आबद्ध दलहरुमा कांग्रेस एक्लैको मतभार अन्य दलहरुको भन्दा अत्याधिक बढी छ । तर, पटक–पटक बहुमतले अल्पमतको नेतृत्व स्वीकार गर्ने कुरा अस्वाभाविक र आत्मघाती हुन्छ । यसले संगठनलाई समेत ठूलो क्षति पुर्‍याउँछ ।’

    भरतपुरमा मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवनका कांग्रेस नेताहरू एक ठाउँमा उभिएका छन् । चितवनका केन्द्रीय सदस्यहरू, मन्त्री, पूर्वमन्त्रीहरू, पूर्वसभापतिहरू, सांसद र पूर्वसांसदहरू, महानगरपालिका कार्यसमिति, क्षेत्रीय समिति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महानगरपालिकाका २९ वटै वडा सभापति तथा कांग्रेसकातर्फबाट निर्वाचित वडा अध्यक्षहरु समेतले महानगरपालिकाको प्रमुख पदको उम्मेदवार कांग्रेसलाई राखेर बाँकी पदहरू गबठन्धन दलसँग बाँडफाँड गर्न सकिने निर्णय गरेको जिल्ला सभापति खनालले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ