• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काभ्रेमा शक्तिशाली बिस्फोट, एक घाइते, थप विवरणसहित

    707
    SHARES


    काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते भएका छन्। जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय मोहन विक घाइते भएका छन्।

    नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ। बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको छ।

    सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ। तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो।

    त्यही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

    उता दाङमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का ८ वर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनऊतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार यूपी–४२– बिटी–२४०१ नम्बरको बल्कर गाडीले शनिबार बेलुकीपख तुलसीपुर– १७ मज्गैंमा ठक्कर दिएको थियो।

    स्थानीय दिपु बस्नेतका छोरा योगेशलाई तुलसीपुरको सिटी हस्पिटलपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो।

    त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ