• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चुनावको मुखैमा एकीकृत समाजवादीका उपाध्यक्ष एमालेमा फर्किए

    1.3K
    SHARES


    धनगढी । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् । एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन् ।

    कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका थिए ।

    एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई भने आइतबार पार्टी प्रवेश गराइने नेकपा एमालेले जनाएको छ ।

    मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।

    उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ । एमाले नेता पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा थियो ।

    तर उनीहरूको नाम सिफारिस भएन् । एमाले नगर कमिटी स्रोतका अनुसार ती नेताहरूले सर्वसम्मत हुने अवस्थामा मात्रै आफ्नो नाम सिफारिस गर्न चाहेका थिए । तर दाबेदार पाँच जना निस्कीएपछि दुई पूर्व मन्त्री पछि हटेका थिए ।

    एमाले विराटनगर महानगरअध्यक्ष सागर थापाका अनुसार नगरबाट आकांक्षीको सबैको नाम सिफारिस भए पनि प्रदेश कमिटीले उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ ।

    बैठकले विराटनगर १०, ११ र १९ नम्बर वडाको अध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाएको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य वडामा चैत भित्र टुङ्गो लाग्ने नगर अध्यक्ष थापाले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ