• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गुरागाईंमाथि खुकुरी प्रहार

    1.3K
    SHARES


    धनकुटा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ । ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । परिवारका सदस्यसँग गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ । गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताए । आक्रमण गर्ने पोखरेल धनकुटा-६ बस्ने गुरागाईंका छिमेकी हुन् ।

    आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले दाबी गरेको छ ।

    आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन । पोखरेललाई तत्काल पक्राउ गरिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

    गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गरिनु पर्ने माग गरेको छ । जिल्लाकै अग्रज वामपन्थी नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन सांसद बनेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ