• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युद्धको ४५औँ दिन युक्रेनबाट अर्को अमिठो खबर

    7.9K
    SHARES


    न्युयोर्क। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन्। पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो।

    यसैबीच, युक्रेनको एक रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको छ। सो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। १ सयभन्दा बढी घाइते भएको त्यहाँको रेल कम्पनीले जनाएको छ। कर्मातोर्स्क रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो।

    युक्रेनबाट विस्थापित भएर बाहिर जान लागेका हजारौँ मानिस जम्मा भएको रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो। यो पूर्वी युक्रेनबाट युक्रेन छोड्ने मुख्य नाका हो। डोनेत्सकका क्षेत्रीय गभर्नरले रेल स्टेशनमा दुईवटा शक्तिशाली मिसाइल खसेको बताएका छन्।

    रुसी सेनाले यसअघि पनि विभिन्न सहरका आवासीय भवनहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ। जसका कारण डेढ महिनादेखि जारी यो युद्धमा कयौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।

    पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन्। हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन्।

    रुसले भन्योः हो युक्रेनका भन्दा हाम्रा धेरै सेना मारिएका छन्

    युद्धमा आफूले ठूलो क्षति बेहोरेको रुसले स्वीकार गरेको छ। रुसी राष्ट्रपतिका प्रवक्ता दीमित्री पेस्कोभले ब्रिटिश टेलिभिजन च्यानल स्काइ न्यूजलाई रुसी सेनाको क्षति ठूलो दुःखान्त हो भनेका छन्।

    उनले मस्कोले उसको युद्धको लक्ष्य आउँदा दिनमा प्राप्त गर्नेछ भन्ने आशा राखेको बताए। संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्‌बाट बुधवार रुसलाई निष्कासन गरेपछि पेस्कोभको त्यस्तो प्रतिक्रिया आएको छ।

    संयुक्त राष्ट्र सङ्घका १९३ मध्ये ९३ देशले रुसको विरुद्धमा मतदान गरेका थिए। उनीहरूले रुसले आफ्नो नियन्त्रणमा रहँदा बुचा शहरमा गरेको आम मानव अधिकार उल्लङ्घनको आलोचना गरेका थिए।

    त्यसको प्रतिक्रियामा रुसले परिषद्‌बाट राजीनामा दिएको छ। परिषद्ले युक्रेनमा जारी मानव अधिकार तथा मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गरेको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बोरोदीयङ्कामा थप अत्याचार गरेको बताएका छन्। पेस्कोभले बुचामा भएको आम हत्यामा रुसी सेना जिम्मेवार रहेको आरोप अस्वीकार गर्दै स्काइ न्यूजलाई ‘हामी झुटा र असत्य समाचार भोगिरहेका छौँ’ भने।

    उनले कुनै आधारबिना नै उक्त शहरमा मारिएका भनिएका व्यक्तिका तस्बिरहरू नक्कली भएको बताए। तर उनले रुसले त्यहाँ ठूलो सङ्ख्यामा आफ्ना सैनिक गुमाएको बताए। २५ मार्चका दिन रुसको रक्षा मन्त्रालयले युद्धमा उसका १,३५१ जना सैनिक मारिएको बताएको थियो। युक्रेनले भने १९ हजार रुसी सैनिक मारिएको बताएको छ।

    रुस र युक्रेनको अनुमानित रुसी फौज मारिएको भन्ने तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। र विश्लेषकहरूले रुसले आफ्नो तर्फको सैन्य हताहती सङ्ख्यालाई घटाएको हुनसक्ने ठानिरहेका छन् र युक्रेनले आफ्नो नैतिक बल बलियो बनाउन सङ्ख्या बढाएको हुन सक्ने ठान्छन्।

    पश्चिमा नेताहरू ७ हजारदेखि १५ हजार रुसी सेना मारिएको विश्वास गर्छन्। सन् २००० देखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता रहँदै आएका पेस्कोभले रुसले युद्ध अन्त्यका उपायको खोजी गरिरहेको दाबी गरेका छन्।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ