• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंमा एकाबिहानै पानी पर्यो, देशभरको मौसमबारे ताजा अपडेट यस्तो छ

    710
    SHARES


    काठमाडौँ । काठमाडौंमा शनिबार बिहान पानी परेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ ।

    स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

    दिउँसो प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

    आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ