• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज मध्यरातिदेखि देशभर लागु हुँदैछ यस्तो नयाँ, केमाथि लाग्यो प्रतिबन्ध ? के गर्न पाइन्छ

    1.5K
    SHARES


    काठमाडौँ । निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।

    पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेका छन् ।

    आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ ।

    आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरित नैतिक बन्धनको रुपमा रहेको कानुनी बन्धन भएको भन्दै राजनीतिक दल र सरोकारवालाले पूर्ण पालना हुने विश्वास गरेको छ ।

    आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ ।

    आयोगले आजैदेखि लागू हुने निर्वाचन आचारसंहितामा उम्मेदवार र दलहरु बाहेक सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्न नपाउने नियम बनाएको छ । आचारसंहितामा झोला, टिसर्ट, ब्याग छाप्न र वितरण गर्न समेत रोक लगाएको छ ।

    राजनीतिक दल वा उम्मेदवारहरूले प्रचार प्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्च सम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म दलको झण्डा र सोही नापको चुनाव चिन्ह, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएकोले दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम गर्दा निर्वाचन अधिकृतको अनुमित लिई सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।

    सामाजिक सञ्जालको धेरै प्रयोग गर्ने हो, तर दुरुपयोग हुनुभएन : प्रमुख आयुक्त थपलिया
    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगमा बन्देज नगरेर त्यसको दुरुपयोगलाई भने निराकरण गर्ने कोशिस गरेको बताएका छन् ।

    उनले व्यवस्थित र मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न कुनै रोकावट नरहेको बताए । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहितामा सामाजिक सन्जाल प्रयोगमा रोक लगाउने व्यवस्था गरिएको, तर नियमन गर्न सम्भावना नभएको भन्ने गुनासो आएको भन्दै यस्तो बताएका हुन् ।

    ‘अहिले सामाजिक सञ्जालमा धेरै मान्छे छन् । सबैभन्दा धेरै सामाजिक सञ्जालकै उपयोग हुन्छ । आचारसंहितामा समेटिएको कुरा हामीले सामाजिक सञ्जालको दुरुपयोग नहोस् भनेर राखेका हौँ, प्रयोग त जति पनि गर्न पाइन्छ,’ उनले भने, ‘ सामाजिक सञ्जालको व्यापकरुपमा प्रयोग गरौँ । तर, आचारसंहिताबारे ज्ञान जान्नु आवश्यक छ ।’

    आयुक्त थपलियाले आचारसंहिता कार्यान्वयनको विषयमा हरेक पटक प्रश्न उठ्ने गरेको भन्दै यसपटक त्यसलाई थप व्यवस्थितरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    ‘आचारसंहिता कार्यान्वयनको सन्दर्भमा प्रत्येक निर्वाचनमा प्रश्न उठ्ने गरेका छन् । अहिले पनि प्रश्न उठाउनुलाई हामी स्वभाविक ठान्दछौँ । तर, आयोगले राजपत्रमा प्रकाशित भइसकेपछि हामीले विभिन्न ठाउँमा छलफल गर्‍यौँ,’ आयुक्त थपलियाले भने, ‘राजनीतिक दलहरूसँग छलफल गर्‍यौँ, उहाँहरू सबैले यो आचारसंहिता कार्याव्वयनको निम्ति जोड दिनुभएको छ । आचारसंहिता नमान्नेलाई कानुनबमोजिम कारवाही हुन्छ । कसैलाई पनि छुट छैन ।’

    प्रमुख आयुक्त थपलियाले आचारसंहिताले मन्त्री वा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले पार्टी वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था स्थानीय तहको चुनावमा कार्यान्वयन गर्नुपर्ने अवस्था नै नआउने बताए ।

    ‘अहिले प्रश्न पनि उठ्यो, आचारसंहिताको त्यो व्यवस्थाका बारेमा । तर, आचारसंहिताले प्रष्ट भनेको छ, कि मन्त्रीले आफू उम्मेदवार भएकोमा आफ्नो प्रचार गर्नबाहेक सार्वजनिक स्रोत साधनको प्रयोग गरेर प्रचार प्रसार गर्न पाइँदैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा मन्त्रीहरू उम्मेदवार हुनु हुन्न । आफू उम्मेदवार नभएपछि भोट माग्न जानै परेन, त्यसैले यो बुँदा हामीले कार्यान्वयन गर्नुपर्दैन भन्ने लागेको छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ