• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    स्थानीय तहले जनतालाई गुणस्तरिय सेवा दिन आवश्यक छ- प्रधानमन्त्री

    588
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गरेका छन्।

    भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका हुन्।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उनले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे।

    ‘स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भने, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’

    नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधानमन्त्री देउवाले बताए।

    त्यस्तै प्रधानमन्त्री देउवाले भौतिक रूपमा आफू उपस्थित हुन नसके पनि भर्चुअल रूपमा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।

    आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता लागेकाले प्रधानमन्त्री देउवाले भर्चुअल मिटिङमार्फत प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।

    गाउँपालिकाको प्रशासनिक भवन आठ करोड लागतमा निर्माण गरिएको हो। जसमध्ये चार करोड गाउँपालिका र चार करोड संघीय सरकारको लगानी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ