• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

    327
    SHARES


    धनागढी । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ