• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पहिलोपटक ह्वाइट हाउस पुगे ओबामा : बाइडेनलाई भने, ‘उपराष्ट्रपति’, त्यसपछि…

    1K
    SHARES


    काठमाडौँ । जो बाइडेनले राष्ट्रपति पदको शपथ लिएपछि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पहिलो पटक ह्वाइट हाउसमा राष्ट्रपति कार्यालय पुगे ।

    ह्वाइट हाउसमा बराक ओबामाले जो बाइडेनसँग आफ्नो अफोर्डेबल केयर एक्ट (एसीए) पारित भएकोमा उत्सव मनाए । उत्सवपछि दुई नेता लामो समयसम्म एक–अर्कासँग कुराकानी गरिरहेको देखिए ।

    अफोर्डेबल केयर एक्ट पारित भएको घोषणापछि बराक ओबामाले ह्वाइट हाउसमा नै पत्रकार सम्मेलनलाई सम्बोधित गरे ।

    पत्रकार सम्मेलनका बेला बराक ओबामाले जो बाइडेनलाई ‘उपराष्ट्रपति’ भनेर सम्बोधन गरे । बराक ओबामाले जो बाइडेनलाई उपराष्ट्रपति भनेर सम्बोधन गरेपछि त्यहाँ उपस्थित मानिस सबै चकित भए ।

    बराक ओबामाले जो बाइडेनलाई किन भने उपराष्ट्रपति ?
    यद्यपि, केही बेरपछि नै दर्शकको तालीको गडगडाहटबीच बराक ओबामाले बाइडेनलाई अँगालो हाले र आफूले मजाक गरेको बताए । वास्तवमा जब बराक ओबामा अमेरिकाका राष्ट्रपति थिए तब बाइडेन उपराष्ट्रपतिको कार्यभार सम्हालिरहेका थिए ।

    घटिरहेको छ बाइडेनको लोकप्रियताः
    ओबामाको ह्वाइट हाउसको भ्रमण यस्तो बेला भएको हो जब ओबामाको नेतृत्वमा उपराष्ट्रपतिको रुपमा काम गरेका बाइडेनको लोकप्रियतामा गिरावट आएको छ ।

    बाइडेनको लोकप्रियताको यो गिरावट मध्यावधि चुनाव अघि भइरहेको छ । यो चुनावले अमेरिकी हाउस र सिनेटको स्वरुप निर्धारण गर्नेछ । हाल दुबै सदनमा असाध्यै कम अन्तरले डेमोक्रेटिक पार्टीको नियन्त्रण छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ