• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा यसकारण हुँदैछ वर्षेनी ३७ हजारकाे मृत्यु

    282
    SHARES


    काठमाडौँ । आज विश्व स्वास्थ्य दिवस । नेपालमा पनि वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा विश्व स्वास्थ्य दिवस दिवस “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाइएको छ ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुद्वारा आयोजित कार्यक्रममा सहभागीहरुले जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।

    विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने बताएका छन् । वातावरण स्वास्थ्यसम्बन्धी नीतिहरु भएपनि कार्यान्वयनमा प्रभावकारिता नभएको उनले बताए ।

    यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।

    नेपालमा वर्षेनी वायु प्रदूषणले गर्दा ३७ हजार ६८३ जना र सुर्तीजन्य रोगबाट २७ हजार १०० जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

    विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारण पनि गर्छन् ।

    विश्वमा प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ