• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले बिद्रोही नेता आहुतिलाई बहुलाहा भनेपछि… ! हेर्नुहोस् भिडियोसहित

    21.9K
    SHARES

    काठमाडौं, ८ चैत ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफ्नो भजनमण्डली नगर्ने नेताकार्यकर्ताहरुलाई तथानाम गाली गर्न थालेका छन् । बढी पढेर बाबुरामको दिमाख नै खराब भैसक्यो भन्ने प्रचण्ड बुधबार बिद्रोही नेता आहुतिमाथि खनिए ।

    ५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा पूरा हुन नसकेको गफ दिए ।

    प्रचण्डले भने -‘सिंहदरबार कब्जा गर्ने इच्छा म भन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन । सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन ।’

    दलित अधिकारका क्षेत्रमा कार्यरत संयुक्त मुल आयोजक समितिले आज राजधानीमा आयोजना गरे कार्यक्रममा माओवादी आन्दोलनमा दलित समूदायले खेलेको भूमिकाको प्रचण्डले उच्च प्रशंशा गरे पनि वर्तमान समयमा महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारे एक शब्द बोलेनन। बरु दलित नेताहरु माथिल्लो तहमा पुगेपछि बहुलाउने उनले तर्क गरे ।

    बरु प्रचण्डको भाषण सकिएपछि त्यहाँ कार्यक्रममा सहभागीहरुले भनेको सुनिन्थ्यो,- प्रचण्ड पनि हावादारी गफाडी भैसकेछन् । ‘ओलीको सङ्गतले हाेकी केहाे, याे दुखद कुरा हाे ।’ १० बर्षे जनयुद्धमा आफ्नो अमूल्य योगदान दिने दलित समुदायका नेताहरूलार्इ गाली गर्दा गर्दै प्रचण्डले अाफ्नाे भाषण सके तर उनिहरूकाे हक अधिकार, समानता र समावेशिताकाे कुरा गर्दै गरेनन् ।

    उनलेले धेरै पढ्यो भने धेरै नबुझ्ने हुने बताए । ‘लेनिनले असाध्यै धेरै भन्नुहुन्थ्यो, बुद्धजीविमा पाइने अहंकार, वुद्धिजीविमा पाइने अराजकता र आत्मकेन्द्रित व्यक्तिवादले आन्दोलनलाई बर्बाद पारिदिएको छ’ उनले भने ‘हाम्रो पार्टीमा पनि बल्ल बल्ल धेरै दुख गरेर एउटा वुद्धिजीविलाई नेतृत्वमा पुर्‍याएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झण्डै झण्डै बौलाउनुभयो । अरु पनि को को बुद्धिजीविहरु बौलाउँदै जाने हो ?’

    ‘जनयुद्धमा सबैभन्दा सहयोग दलित समुदायबाट भएको हो, यो समुदाय संविधानको उत्प्रेरक पनि हो ।’ उनले भने, ‘एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, प्रचण्डले आहुतीप्रति कटाक्ष गरे ।

    प्रचण्डले सुन्दाखेरि क्रान्तिकारी सुनिने तर साम्राज्यवादीलाई सहयोग हुने खालका गतिविधि दलित वुद्धिजीविहरुबाटै भएको आरोप लगाए । ‘हाम्रो भनाइ क्रान्तिकारी सुनिने, फाइदा साम्राज्यवादीले उठाउने नहोस् । हाम्रै दलित समुदायले फाइदा उठाउने खालको हुनुपर्‍यो’ उनले भने ।

    भिडियो श्रोत: सरु सुनार

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ