काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछन् ।
त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ ।
त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज सिराहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा सिराहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला हो । क्षेत्र नम्बर-५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।
तर अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।
प्रतिक्रिया