• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनमा सयौँ मानिसको लास भेटिएकोबारे पुटिन पहिलोपटक मुख खोले

    8.9K
    SHARES


    किभ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन्।

    ‘यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने। रुसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन्।

    कुनै पनि युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन्।

    तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन्। ह’त्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन्।

    महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन्। रुसले युद्ध अपराध गरेको छ।’ बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन्।

    तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ। बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए। शवको टाउकोमा गोली लागेको थियो।

    त्यस्तै युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउन थालेपछि त्यहाँबाट सर्वासाधारण मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् ।

    युक्रेनी अधिकारीहरूले मानिसहरूलाई पूर्वी लुहान्स्क क्षेत्र खाली गर्न आह्वान गरिरहेका छन् । अमेरिकाले रूसी बैंकहरूविरुद्ध थप प्रतिबन्धहरू घोषणा गर्ने अनुमान गरिएको छ ।

    अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरीहरूलाई लक्षित गरी अन्य प्रतिबन्ध लगाउने तयारीसमेत गरेको विवरणहरूमा जनाइएको छ ।

    युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वीयुक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

    यसअघि एउटा भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका थिए ।

    यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वीयुक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ